You are viewing the translated version of अभियुक्त पत्ता नलागेको कारण मुद्दा दायर हुन नसकेका पीडितलाई राहत उपलब्ध गराउनु पर्ने.

Rule 11
अभियुक्त पत्ता नलागेको कारण मुद्दा दायर हुन नसकेका पीडितलाई राहत उपलब्ध गराउनु पर्ने
(१) अभियुक्त पत्ता नलागेको वा अन्य कुनै कारणबाट मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर हुन नसकेको कसूरबाट पीडितलाई समेत कोषबाट राहत रकम उपलब्ध गराउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम राहत रकम पाउनको लागि पीडितले सञ्चालक समिति समक्ष अनुसूची-३ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ। त्यस्तो निवेदन जिल्ला अदालत वा कसूरको अनुसन्धान गर्ने निकाय मार्फत समेत दिन सकिनेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त निवेदन उपर सञ्चालक समितिले आवश्यक जाँचबुझ गर्दा कसूरको सूचना कानून बमोजिम दर्ता भई सम्बन्धित निकायबाट अनुसन्धान भएको र निवेदक पीडित भएको देखिएमा समितिले पचास हजार रुपैयाँमा नबढ्ने गरी मनासिब माफिकको रकम राहतको रुपमा पीडितलाई उपलब्ध गराउन सक्नेछ ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि पीडितलाई कोषबाट राहत रकम उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकारले कुनै निर्णय गरेकोमा नेपाल सरकारको निर्णय बमोजिमको रकम पीडितलाई राहतको रुपमा उपलब्ध गराइनेछ ।
(५) उपनियम (४) बमोजिमको रकम नेपाल सरकारले कोषमा शोधभर्ना गर्नु पर्नेछ ।